नेपाललाई ‘प्ले ग्राउण्ड’ बनाउनेतिर दुनियाँका शक्ति राष्ट्रहरु अग्रसरः जितेन्द्र नारायण देव

काठमाडौं । राष्ट्रिय सभाका सांसद जितेन्द्र नारायण देवले दुनियाँका शक्ति राष्ट्रहरु नेपालालाई ‘प्ले ग्राउण्ड’ बनाउने तिर अग्रसर भएको आरोप लगाएका छन् ।

सोमवार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । ‘नेपाललाई प्ले ग्राउण्ड बनाउने तिर दुनियाँका शक्ति राष्ट्रहरु अग्रसर भएका छन् । नेपालका पोलिटिक पार्टी र नेताहरुलाई ध्यानाकर्षण गराउन चाहन्छु । कि नेपाल प्ले ग्राउण्ड नबनोस्’ सांसद देवले भने– ‘र, खुल्ला रुपमा नेपाल सरकार, नेपाली जनता र नेपालका राजनीतिक दलले भनोस् कि नेपालको कुनै पनि विषयमा निर्णय लिने सार्वभौम अधिकार नेपाल सरकार र नेपाली जनताको हो, तिमीहरु बोल्न पाउँदैनौं ।’

नेपालको कूटनीतिमा केही चुनौत र केही खतराहरु देखिरहेको उनले बताए । नेपालको आन्तरिक विषयलाई लिएर दुई ठूला शक्ति राष्ट्र अमेरिका र चीनले वाकयुद्ध गरिरहेकोमा उनले आपत्ति समेत जनाए ।

Author:



क्याटोगरी छान्‍नुहोस