चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

जनकपुरधाम । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकोले आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।

प्रदेश–१, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ ।

त्यस्तै, देशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना रहेको छ । त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना भएको महाशाखाले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस