अख्तियारमा उजुरीको चाङ, २४ हजारबढी पुग्यो उजुरी

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २४ हजारभन्दा बढी भ्रष्टाचार सम्बन्धी उजुरी संख्या पुगेको छ ।

आर्थिक वर्ष ०७८/७९ मा १६ हजार १४८ र अघिल्लो आर्थिक वर्ष ०७७/७८ बाट जिम्मेवारी सरेर आएका ८ हजार ९३ गरी कुल उजुरी संख्या २४ हजार २४१ पुगेको हो ।

जसमध्ये सो आर्थिक वर्षमा ७० दशमलव ५३ प्रतिशत उजुरी फछ्र्यौट भएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए । ‘कुल २४ हजार २४१ उजुरीहरु रहेकोमध्ये १७ हजार ९८ उजुरी पछर्यौट गरिएका छन्’ उनले भने ‘जुन कुल उजुरी संख्याको करिब ७० दशमलव ५३ प्रतिशत हुन आउँछ ।’

अघिल्लो आर्थिक वर्ष ०७७/७८ मा भन्दा गत आर्थिक वर्ष २०७८/७९ मा १ हजार ६१६ उजुरी बढी परेका छन् । गत आर्थिक वर्ष अख्यितारमा भ्रष्टाचार सम्बन्धी कुल २२ हजार ६२५ वटा उजुरी परेका थिए ।

आर्थिक वर्ष २०७७/७८ मा परेका कुल उजुरीमध्ये १४ सय ५३२ वटा (६४ दशमलव २३ प्रतिशत) उजुरी पछर्यौट भएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस