राजविराजमा अष्टविनायक फिजियोथेरापी सञ्चालन

जनकपुरधाम, १३ साउन । सप्तरीको राजविराजमा ‘अष्टविनायक फिजियोथेरापी एण्ड रिहेब सेन्टर’ सञ्चालनमा आएको छ । वडा नम्वर ५ स्थित सञ्चालनमा आएको सो सेन्टरमा शुक्रबारदेखि उपचार सेवा सुरु भएको हो ।

फिजियोथेरापी अर्थात भौतिक चिकित्सा उपचारबाट अप्रेशन विना नै नशा सम्बन्धि सबैखाले रोगको उपचारका साथै प्यारालाइसिस, मुख बाङ्गिने, हड्डी खिएको समस्याको प्रभावकारी उपचार गरिने सेन्टरका सञ्चालक समेत रहेका डा. रोशनकुमार ठाकुरले जानकारी दिए ।

डा. रोशनकुमार ठाकुर

‘यहाँबाट युरिक एसिड, चोटपटक तथा प्लाष्टर पछिका समस्या, फिटनेश, हाइट तथा जीवनशैली सम्बन्धि समस्या, मुटु, फोक्सो, बोली विग्रेको, बालरोग, प्रसुति र अन्य अपाङ्गता सम्बन्धि रोगको प्रभावकारी उपचार गरिनेछ’ उनले भने ‘त्यो पनि अप्रेशन विना नै सफल उपचार गरिनेछ ।’

तत्काललाई उपचार सेवामा विशेष छुटको व्यवस्था गरिएको डा.ठाकुरले जानकारी दिए । डा.ठाकुर यसअघि काठमाडौंस्थित मोडर्न थेरापी सेन्टर र पोखरास्थित आरोग्य अयुर्वे होमियो फिजियो अस्पतालमा उपचार सेवा दिँदै आएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस