पर्साका ९८ प्रतिशत उम्मेदवारले बुझाएनन् खर्च विवरण

जनकपुरधाम । पर्साका स्थानीय तहहरुमा उम्मेदबार बनेका अधिकांश व्यक्तिले निर्वाचनको खर्च विवरण बुझाएका छनन् ।

एक महानगरपालिका, ३ नगरपालिका र १० गाउँपालिका गरी कुल १४ वटा स्थानीय तह रहेको पर्सामा स्थानीय निर्वाचनमा ३ हजार ४५८ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये ४४ जनाले मात्र निर्वाचन खर्च पेश गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र सबै उम्मेदवारले निर्वाचन खर्च पेश गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । तर, अझैसम्म उम्मेदवार बनेकामध्ये १ दशमलव २७ प्रतिशतले मात्र खर्च विवरण पेश गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

तोकिएको समयभित्र चुनाव खर्च विवरण पेश नगर्दा हरेक उम्मेदवारलाई जनही ५ हजार जरिवाना हुनसक्ने नियम रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस