आमूल परिवर्तनका लागि थप संघर्षको आवश्यकताः उपेन्द्र यादव

बर्दिवास । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक लोकतन्त्रले मात्र मुलुकको आमूल परिवर्तन सम्भव नरहेको बताएका छन् । शुक्रवार बर्दिवासमा आयोजना गरिएको स्थानीय तहमा नवनिर्वाचित प्रमुख÷उपप्रमुखहरुको सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि आमूल परिवर्तनका लागि थप संघर्षको आवश्यकता औल्याए । ‘राजनीतिक लोकतन्त्रको स्थापनाले राजनीतिक परिवर्तन ल्याएको छ तर आर्थिक र सामाजिक परिवर्तनको लागि अझैं संघर्ष गर्नु पर्दछ’ उनले भने ‘सामाजिक लोकतन्त्र र आर्थिक लोकतन्त्र विना मुलुकको आमूल परिवर्तन सम्भव छैन् ।’

अबको पार्टीको कार्यदिशा नै सामाजिक र आर्थिक लोकतन्त्र रहेको अध्यक्ष यादवको कथन छ । उनले वर्तमान निर्वाचन प्रणालीले राजनीतिक लोकतन्त्रलाई विकृत बनाई रहेको उल्लेख गर्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली, पूर्ण समानुपातिक संसदीय निर्वाचन र दलविहिन स्थानिय तह आजको मुल आवश्यकता रहेको बताए ।

जसपा प्रदेश अध्यक्ष रामबाबु यादवको अध्यक्षमा आयोजना गरिएको सो कार्यक्रममा प्रदेश कमिटीका उपाध्यक्ष शम्भु झा, रामपृत पासवान, लिला हरी खतिवडा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस