एसईई नतिजामा चित्त नबुझे पुनर्योग गर्न पाइने

जनकपुरधाम । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न पाइने बताएको छ ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सूचना जारी गर्दै पुनर्योग गर्न सकिने बताएको हो । साधारण तथा प्राविधिक धारतर्फ नियमित र ग्रेडबृद्धि परीक्षामा सहभागीले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझेको भए पुनर्योग गर्न निवेदन दिन पाउँछन् ।

शिक्षक विकास तथा समन्वय इकाइ वा परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा सोझै निवेदन दिन सकिने कार्यालयले जानकारी दिएको छ । साउन २७ भित्र विद्यार्थीले पुनर्योगसम्बन्धी निवेदन दिन पाउनेछन् ।

२०७८ सालको एसईईको परीक्षाफल बुधबार प्रकाशित भएको थियो ।

यस्तो छ सूचनाः

Author:



क्याटोगरी छान्‍नुहोस