वेवास्ता गरिए नेपाल प्रहरी मधेश छोड भन्ने नारा लाग्नेछः गृहमन्त्री साह (भिडिओ)

जनकपुरधाम, १७ साउन । मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहले प्रहरी समायोजन गर्न अझैं बेवास्ता गरिए नेपाल सरकार विरुद्ध निर्णायक आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

‘मधेश लाइभ’सँग कुराकानी गर्दै उनले नेपालको संविधान अनुसार प्रदेश सरकारको अधिकार सूचीको १ नम्बरमा प्रदेश प्रहरी र शान्ति सुरक्षा रहे पनि प्रहरी समायोजन गर्न नचाहेको आरोप लगाए । ‘अब पनि प्रहरी समाायोजन गर्न ढिलाई भए मधेश सरकार, राजनीतिक, नागरिक समाज संघसंस्था लगायत आम मधेशी जनता आन्दोलनको तयारी गर्दैछौं, मन्त्री साहले भने ‘असार २३ गते सबै प्रदेशका गृहमन्त्री बसेर सात बुँदे घोषणापत्र जारी गर्यौ, संघका सबै दलका गठबन्धनका नेताहरु र प्रधानमन्त्रीसम्मलाई हामीले ज्ञापनपत्र बुझाएका छौं ।’

प्रदेश प्रमुख मार्फत संघीय सरकारलाई अल्टिमेटम दिँदा पनि नमाने मधेश ६४ ओटै निर्वाचन क्षेत्रमा सांसदहरुको नेतृत्वमा सर्वदलीय आन्दोलन समिति बनाएर सबै ठाउँमा प्रदर्शन गर्ने उनले बताए । संघ सरकारको कार्यशैलीप्रति आक्रोश व्यक्त गर्दै मन्त्री साहले भने ‘संघर्षलाई बेवास्ता गरिए ‘नेपाल प्रहरी मधेश छोड’सम्मको नारा लगाउन बाध्य हुनेछौं र त्यपछिको जिम्मेवार नेपाल सरकार हुनेछ ।’

काठमाण्डौको अधिकारलाई प्रदेशहरुमा ल्याउनकै लागि संघीयता आएको चर्चा गर्दै संविधानले दिएको अधिकारलाई कार्यान्वयनमा ल्याउन सबै प्रदेशबाट आन्दोलन हुनपर्ने उनले आवश्यकता औंल्याए ।

संघले ३२ गतेसम्म चेक काट्ने अनि प्रदेशका लागि २५ गते सर्भर बन्द गरेकोप्रति आक्रोश व्यक्त गर्दै मन्त्री साहले भने ‘संघीय सरकारको सानो एकाई हुलाक कार्यालयले ३२ गतेसम्म चेक काट्ने, नेपाल सरकारसँग सबैथोक छ अनि असार २५ गते सक्नुपर्यो नि ? यो विभेद होइन भने के हो ?’

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780