मधेश प्रदेशका २३ वटा उद्योग पुरस्कृत

सिमरा (बारा), १७ साउन। मधेश प्रदेश सरकारले यहाँका आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको २३ वटा उद्योगलाई पुरस्कृत गरेको छ ।

सोमबारबाट आयोजना गरिएको दुई दिने औद्योगिक सम्मेलनमा सो उद्योगहरुलाई पुरस्कृत गरिएको हो । रोजगारी, सर्वोत्कृष्ट कर, कृषि र प्रविधिको क्षेत्रमा योगदान पुर्याएका ती उद्योगहरूलाई पुरस्कृत गर्दै मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आर्थिक समृद्धिका साथै बेरोजगारी समस्या समाधानमा उद्योग क्षेत्रको योगदानको प्रशंसा गरे ।

बुधबारसम्म चल्ने सम्मेलनमा आर्थिक वृद्धिका लागि आगामी दिनमा चाल्नुपर्ने कदमहरुबारे समुहगत तथा सामुहिक छलफल गरिने जनाईएको छ ।

यस्ता छन् पुरस्कृत हुने उद्योगहरूः
-त्रीवेणि स्पिनिङ
-जय स्पिनिङ
-एन पि ड्रग्स
-गणपति बनस्पति
-अन्नपूर्ण भेजेटेबल
-नारायणी भेजेटेबल
-सुर्या नेपाल
-डाबर नेपाल
-हिमालयन डिस्टिलरी
-मारुती सिमेन्ट
-निम्बस ग्रुप
-इन्दुशंकर चिनी उद्योग
-कुश एग्रो इन्टरप्राइजेज
-ओम शिव पेज
-हुलास स्टिल
-शिवशक्ती म्यानुफेक्चरिङ
-आर सि ब्याट्री
-महालक्ष्मी सोलमेन्ट एण्ड रिफाइनरी
-वर्ड्लिलङ्क, ईन्टरनेट मार्केटिङ टुडे
-जानकी टेक्नोलोजी
-सालिमार ग्रुप र जगदम्बा सिमेन्ट ।

Author:



क्याटोगरी छान्‍नुहोस