उद्योगमैत्री वातावरण नै समृद्धिको मूल आधार : मुख्यमन्त्री राउत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उद्योगमैत्री वातावरण नै प्रदेशको समृद्धिको मुल आधार रहेको बताएका छन् । मधेश प्रदेश सरकारले बाराको सिमरामा आयोजना गरेको औद्योगिक सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘उद्योगमैत्री वातावरण विना प्रदेश वा देशको समृद्धिको परिकल्पना गर्न सकिँदैन’ उनले भने–‘उद्योगको लागि विशेष प्याकेजका कार्यक्रमहरु ल्याएता पनि संघीय कानूनको अभावमा कार्यान्वयनमा गर्न समस्या भइरहेको छ ।’

उनले जग्गाको स्वामित्व हस्तान्तरण लगायतका प्रक्रिया अविलम्ब सुरू गर्न संघीय सरकारसँग माग समेत गरे । ‘सबैभन्दा बढी मानव जनशक्ति विदेश जाने प्रदेशको रूपमा रहेको मधेश प्रदेशका युवाहरुलाई उचित तालिमको व्यवस्था गरि स्वदेशमै रोजगारी उपलब्ध गराउने प्रदेश सरकारको योजना छ’ उनले भने–‘सो कार्यमा सहकार्य गर्न उद्योगीहरुलाई आग्रह छ ।’

उद्योग धन्धाहरुको स्थापनादेखि संचालनसम्ममा उत्पन्न विभिन्न समस्याहरुलाई समाधान गर्न प्रदेश सरकारले एकद्वार प्रणालीमार्फत अघि बढेको स्मरण गराउँदै मुख्य मन्त्री राउतले प्रदेश सरकारले हिजो (सोमवार) मात्र विरगंजमा उद्योग विभाग स्थापना गर्ने गरेको निर्णयले ठुलो सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस