अछाममा पहिरोबाट १४ जनाको मृत्यु, ८ बढी अझै बेपत्ता

काठमाडौं । अविरल वर्षासँगै अछामका विभिन्न ठाउँमा आएको पहिरोमा परि १४ जनाको मृत्यु भएको छ । पहिरोमा परेका अन्य ८ जना अझै वेपत्ता छन् ।

पहिरोमा परेका ११ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । यीमध्ये तीन जना थप उपचारका लागि जिल्ला बाहिर पठाइएको छ । जिल्लाको कमलबजार नगरपालिका–६ मा पहिरोले घर पुरिँदा ७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा २–२ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए । उनका अनुसार अन्य ३ जनाको शव जिल्लाका विभिन्न स्थानमा आएको पहिरोमा पुरिएको अवस्थामा फेला परेको हो ।

पहिरोमा परेकाको उद्धार र खोजीका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट थप टोली अछाम पुग्दैछ। पहिरो ठूलो रहेको र पानी परिरहेकाले उद्धारमा समस्या भइरहेको प्रहरीले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस