प्रेस मञ्च नेपाल पुनर्गठन, अध्यक्षमा देवान र महासचिवमा झा

जनकपुरधाम, १ असोज । प्रेस मञ्च नेपालको केन्द्रीय समिति पुनर्गठन भएको छ । शनिवार काठमाडौंमा बसेको बैठकबाट पुर्नगठित समितिको अध्यक्षमा कमन देवान चयन भएका छन् ।

त्यस्तै, समितिको उपाध्यक्षहरुमा विजय चामलिङ्ग, राजेश कर्ण, नातीकाजी महर्जन, दिपेन्द्र रुम्दाली, शाहीमान राई, मनोज यादव र सोना खटिक चयन भएका छन् ।

महासचिवमा अवधेश कुमार झा तथा उप महासचिवहरुमा अमरेन्द्रकुमार यादव, देवेन्द्र खापूङ्ग, मुकेश मिश्र, राम एकवाल साह र वैद्यनाथ यादव चयन भएका हुन् ।

त्यस्तै कोषाध्यक्षमा प्रतिमा चौधरीसहित ५१ सदस्यीय केन्द्रीय समिति पुर्नगठन भएको महासचिव झाले मधेशलाइभलाई जानकारी दिए ।

बैठकमा प्रेस मञ्च नेपालका निवर्तमान उपाध्यक्ष आतिशकुमार मिश्र, जनता समाजवादी पार्टी (जसपा) नेपालका राजनीतिक समितिका सदस्य एवम् प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेत, प्रचार विभागका उप प्रमुख अमरनाथ मण्डल, वौद्धिक पेशाकर्मी महासंघका महासचिव बिरेन्द्रकुमार ठाकुर लगायतको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस