नेपालमा एकैदिन ७४ जनामा कोरोना पुष्टि, १६० जना निको भए

जनकपुरधाम । नेपालमा एकै दिन थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५१२ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पीसीआर विधिबाट परीक्षण गर्दा ३९ जना र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३५ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५१ हजार १९६ पुगेको छ ।

मन्त्रालयका अनुसार योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या १ हजार नाघेको छ । हाल नेपालमा १ हजार ६१९ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ६० जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ८५ हजार ७२० पुगेका छन् । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण कुनैको पनि मृत्यु भने भएको छैन । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार १६ पुगेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस