सिडिओ थापाद्वारा सिमा निरीक्षण

राजविराज, ९ असोज । सप्तरीका नव आगन्तुक सिडिओ भुपेन्द्र थापाले नेपाल–भारत सिमा क्षेत्रको निरीक्षण गरेका छन् ।

शनिवार प्रहरी प्रमुख (एसपी) अविनारायण काफ्लेसहित पुगेका उनी चाडवाड र आगामी चुनाव लक्षित सिमा निरीक्षण गरेका हुन् । सोही क्रममा सिडिओ थापाले चाडवाडको बेला हुने भिडभाडलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थामा ध्यान पुर्याउन प्रहरी प्रमुखलाई निर्देशन दिए ।

साथै छिन्नमस्ता भगवती मन्दिरमा दर्शन गर्न आउनेहरुका लागि मन्दिर भित्र र बाहिर विशेष सुरक्षा व्यवस्था मिलाउन पनि उनले निर्देशन दिए ।

निरीक्षणपछि सिडिओ थापाले छिन्नमस्ता गाउँपालिकाका राजनीतिक दल, व्यापारी, जनप्रतिनिधि र नागरिक अगुवाहरुसँग छलफल गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस