सुशासन कायम राख्न कुनै कसर बाँकी राख्दैनौंः सिडिओ थापा

राजविराज, ९ असोज । सप्तरीका नव आगन्तुक सिडिओ भुपेन्द्र थापाले सुशासन कायम राख्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् । आइतवार आयोजना गरिएको पत्रकार परिचयात्मक कार्यक्रममा बोल्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

‘सुशासन कायम गर्नु/गराउनु र यहाँका नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति गराउन सक्नु नै मेरो पहिलो प्राथमिकता हो’ उनले भने, ‘यी सवालहरुमा हाम्रो तर्फबाट कुनै कसर बाँकी रहदैन ।’

उनले सो कार्यमा यहाँका पत्रकार, राजनीतिकर्मी, नागरिक अगुवा, वुद्धिजीवी लगायतकाको साथ र सहयोगको आवश्यकता रहेको बताए । ‘हामी सबै मिलेर कार्य गर्दै जाँदा नै सुन्दर समाजको परिकल्पना गर्न सकिन्छ’ उनले भने, ‘त्यसका लागि सबैको साथ र सहयोग चाहिन्छ, यहाँहरुबाट पनि अपेक्षा गरेको छु ।’

पछिल्लो समय सिडिओ कार्यालयमै सेवा प्रवाहमा भइरहेको ढिलासुस्तीबारे पत्रकारहरुबाट आएको गुनासोलाई सम्बोधन गर्दै उनले भने, ‘सुधार भनेको आफु बसेको ठाउँबाटै गर्नुपर्छ र म कार्यालयमा देखिएको समस्या छिट्टै सुधार गर्ने र गराउने नै छु ।

उनले पत्रकारलाई समाचार प्रयोजनका लागि चाहिने सूचनाहरु सहज रुपमा उपलब्ध गराइने पनि प्रतिवद्धता व्यक्त गरे । ‘पत्रकारले सूचना पाएनन् भनेर अबका दिनमा गुनासो रहने छैन्, त्यसका लागि छिट्टै यहाँका कार्यालय प्रमुखहरुसँग छलफल राखेका छौं’ उनले भने ।

Author:



क्याटोगरी छान्‍नुहोस