पर्सामा चट्याङ लागेर एकको मृत्यु, चार जना घाइते

जनकपुरधाम। पर्साको वीरगञ्जमा आज विहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

चट्याङ लागेर वडा नम्वर २ छपकैयाका १६ वर्षीय किशोर सिद्धान्त ढुंगानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए ।

पोखरी नजिकै खेलिरहेका ढुंगानालाई चट्याङ लागेको थियो । चट्याङ लागेर घाइते भएका अन्य ४ जना किशोरको नारायणी अस्पताल वीरगंजमा उपचार भइरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए ।

Author:

क्याटोगरी छान्‍नुहोस