खेलाडीको जीवनयापनका लागि केही गर्न नसक्दा दु:खी छु: मुख्यमन्त्री राउत

जनकपुरधाम, १३ असोज । मुख्यमन्त्री लालबाबु राउतले राष्ट्रको गहनाका रुपमा रहेका खेलाडीहरुको जीवनयापनको लागि केही गर्न नसक्दा दु:ख लागिरहेको बताएका छन्। विहिबार जनकपुरधाममा नवौ राष्ट्रिय खेलकुद २०७९ को ट्रफीलाई अनावरण गर्दै उनले यस्तो बताएका हुन्।

जानकी मन्दिरमा आयोजित ट्रफी अनावरण कार्यक्रममा मुख्यमन्त्री राउतले खेलाडीहरुको जीवन यापनको व्यवस्था राज्यको दायित्व रहेको बताए । उनले मधेश सरकारले स्थापनाकालदेखि नै खेलाडीहरुको लागी जीवन यापनको ठोस व्यवस्थापन गर्ने लक्ष्य राखे पनि विविध कारणहरुले गर्न नसकेको बताए ।

अगामी दिनमा यसका लागि ठाेस नीति सहित अघि बढ्ने उनले प्रतिबद्धता समेत जनाए । महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र सिंहको अध्यक्षतामा अायाेजित कार्यक्रममा राष्ट्रिय खेलाडी दिपक विष्ट, क्रिकेट संघ धनुषाका अध्यक्ष गुड्डु पाण्डे, सरोज मिश्र लगायतले बाेलेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस