राजविराजमा एक महिला मृत फेला

राजविराज । सप्तरीमा गए राति एक महिला मृत फेला परेकी छन् । राजविराज नगरपालिका–३ स्थित नेपाल सहकारीको नव निर्मित भवनको दोस्रो तलाको छतमा महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिए ।

उनका अनुसार रौतहट जिल्लाको चन्द्रनिगापुर नगरपालिका–५ बस्ने ३३ वर्षीया सन्जना राई मृत फेला परेकी छन् । हाल राजविराज नगरपालिका–३ मा बस्दै आइरहेकी मृतक महिला राजविराजका विभिन्न होटलमा काम गर्दै आएको परिवारजनले बताए ।

दुई वर्षदेखि पतिसँग छुटिएर एक्लै बस्दै आएकी राईको मृत्यु बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Author:



क्याटोगरी छान्‍नुहोस