सिराहामा जसपाका केन्द्रदेखि नगरसम्मका नेताद्वारा सामूहिक राजीनामा

लहान । सिराहामा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रदेखि नगरसम्मका नेता तथा कार्यकर्ताहरुले सामूहिक राजीनामा दिएका छन् । पार्टीका केन्द्रीय परिषद् सदस्य रामचलितर साह र प्रदेश सदस्य मनोज सिंह लगायतका नेता तथा कार्यकर्ताहरूले एक कार्यक्रम आयोजना गरी जसपाबाट सामूहिक राजीनामा दिएका हुन् ।

जसपाका नेताहरुले पार्टीलर्य आफ्नै विरासत सम्झिने गरेकोले आफुहरु बाध्य भएर बाहिरिएको केन्द्रीय परिषद् सदस्य साहले बताए । ‘जसपाले ३ वर्ष केन्द्र सरकार र ५ वर्ष प्रदेश सरकार चलायो तर विकास निर्माणको काममा सिराहा शून्य रहेको हेर्दा दुःख लागेको छ’ उनले भने ।

सामूहिक राजीनामा दिएका नेता तथा कार्यकर्ताहरुले नेकपा एमालेमा प्रवेश गर्ने तयारी रहेको बताइएको छ । जसपाबाट राजीनामा दिएका सिंह अघिल्लो निर्वाचनमा प्रदेश सभा सदस्य र दोस्रो पटकको स्थानीय तह निर्वाचनमा नगर प्रमुखका प्रत्यासी थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस