मधेस प्रदेश प्रमुखको कार्यभार बागमती प्रदेश प्रमुखले सम्हाल्ने

जनकपुरधाम – बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मधेस प्रदेश प्रमुखको कार्यभार सम्हाल्ने भएका छन् ।

मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र कात्तिक ९ गते बुधबारदेखि ११ गतेसम्म भारतको झारखण्डमा हुने कार्यक्रममा भाग लिन जाने हुँदा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई जिम्मेवारी दिएकी हुन् ।

राष्ट्रपति भण्डारीले शर्मालाई प्रदेश प्रमुखको जिम्मेवारी सुम्पिएकी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस