राजविराज – सप्तरीको बलान विहुल गाउँपालिकास्थित रामनगरका मुसहर टोलमा अहिलेसम्म शौचालय नहुँदा महिलाहरु साह्रै असजिलो खेप्न बाध्य भएकी छन् ।
विगतका चुनावको बेला शौचालयसहितका घर बनाइदिने मुसहर समूदायले आश्वासन पाएका थिए । तर, प्रदेश र प्रतिनिधिसभा सदस्यमा जितेर गएकाहरुले आफ्ना बाँचा विर्सेपछि उनीहरुले अझैंसम्म शौचालय नपाएको गुनासो गर्छिन ।
सप्तरी क्षेत्र नम्वर ४ (ख) पर्ने सो बस्तीका महिलाहरू कठिनाइ खेपेर बस्तीनजिकैको खेतबारीमा शोच गर्न बाध्य रहेको बताउँछिन् । भारतीय सीमानजिकै पर्ने यो बस्तीमा खानेपानीको पनि उति नै समस्या खेप्दै आएको स्थानीयहरुको भनाई छ ।
[youtube https://www.youtube.com/watch?v=C9Vrb_k2pVY?start=196]