महदेवा गापामा ठाकुर सहित दर्जन बढी जसपामा प्रवेश

राजविराज, १२ काार्तिक । सप्तरीमा नेकपा (एस) सहित विभिन्न पार्टी परित्याग गरी शनिवार दर्जन बढी कार्यकर्ता जनता समाजवादी नेपालमा प्रवेश गरेका छन् ।

पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले नेकपा एसका जिल्ला सदस्य सुर्यनारायण ठाकुरको नेतृत्वमा आएका नवप्रवेशीहरुलाई टिका लगाएर स्वागत गरेका हुन् । सप्तरीको महदेवा गाउँपालिकामा घरदैलोका क्रममा अध्यक्ष यादवले स्थानीय अरबिन्द साह, कृष्णदेव यादव, देब नारायण ठाकुर, सुनिता कुमारी ठाकुर लगायतका व्यक्तिहरुलाई जसपा अध्यक्ष यादवले स्वागत गरेको विद्यार्थी नेता श्यामकुमार यादवले जानकारी दिएका छन् ।

कार्यक्रममा जसपाका प्रदेश सचिव युसुफ अली, केन्द्रीय सदस्य विकास कुमार तिवारी, महादेवा गाउँपालिकाका निर्वतमान अध्यक्ष दिपक कुमार यादव (टुटु बाबु), विद्यार्थी केन्द्रीय उपाध्यक्ष भोगेन्द्र यादव, महदेवा गाउँपालिका कमिटी अध्यक्ष अशोक कुमार यादव, नेता दिप नारायण यादव लगायतको उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780