महोत्तरी ३ बाट लोसपा अध्यक्ष महन्थ ठाकुर विजयी

जनकपुरधाम । महोत्तरी क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका छन् ।

ठाकुरले जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार हरिनारायण यादवलाई २ हजार ५० मतान्तरले पराजित गरेका हुन् । ठाकुर १६ हजार ३७५ मत ल्याएर विजयी हुँदा यादवले १४ हजार ३२५ मत पाए ।

०७४ मा पनि ठाकुर यही क्षेत्रबाट विजयी भएका थिए । ठाकुर सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार थिए भने जसपाका यादवलाई नेकपा एमालेको समर्थन थियो ।

नेकपा एमालेका बागी उम्मेदवार राम आधार कापर १२ हजार ७३३ मत पाएर तेस्रो स्थानमा सिमित बने । उनी स्वतन्त्र उम्मेदवार रहेपनि पटक पटक अग्रता लिएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस