सामूहिक बलात्कारमा संलग्न चारजना ८ महिनापछि पक्राउ

विराटनगर । गएको वैशाखमा इटहरीमा भएको सामूहिक बलात्कार घटनामा संलग्न आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

पीडित युवतीले दिएको किटानी जाहेरीको आधारमा इटहरी १० वस्ने २५ वर्षीय विकाश चौधरी, २८ वर्षीय मुकेश चौधरी, २० वर्षीय धिरज चौधरी र वर्ष ३१ का सरोज चौधरी पक्राउ परेका हुन् । घटना भएको ८ महिनापछि पक्राउ गरेको हो ।

इटहरी १० स्थित पिपल चोक बूढीखोला किनारामा वैशाख २७ गते १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा मंसिर १७ गते प्रहरीमा किटानी जाहेरी परेको थियो ।

छिमेकमा भएको विवाहमा सहभागी भई घर आउने क्रममा धाकधम्की देखाएर सामूहिकरूपमा बलात्कार गरेको जाहेरीमा उल्लेख रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले बताए ।

पक्राउ परेकाहरूले घटनाबारे कसैलाई सुनाए परिवारसमेतलाई मारिदिन्छौ भनी त्रास देखाएकाले लामो समयसम्म उजुरी गर्न नआएको पीडितले बताएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस