सात पार्टी बने राष्ट्रिय दल, कुन पार्टीको कति मत ?

जनकपुरधाम – प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालका अनुसार समानुपातिकतर्फको पनि मतगणना सकिएको छ ।

कुल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ । अन्तिम मत परिणामअनुसार ७ दलले कुल सदर मतको ३ प्रतिशत कटाएका छन् । थ्रेसहोल्ड कटाउन आवश्यक ३ लाख १६ हजार ८०२ मत कटाउन ७ दल सफल भएका हुन् ।

जसमा सबैभन्दा धेरै नेकपा एमालेले मत पाएको छ । नेकपा एमालले २८ लाख ४५ हजार ६४१ मत पाएको छ । त्यस्तै, दोस्रोमा रहेको नेपाली काँग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको छ । तेश्रोमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ मत पाएको छ ।

त्यस्तै, चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको छ । पाँचौंमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८४९ मत पाएको छ ।

त्यस्तै, छठौंमा रहेको जनता समाजवादी पार्टी नेपालले ४ लाख २१ हजार ३१३ मत प्राप्त गरेको छ र सातौंमा रहेको जनमत पार्टीले ३ लाख ९४ हजार ५६६ मत पाएको छ ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीले २ लाख ९८ हजार ३९१ मत प्राप्त गरेको छ । नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ७२२ मत पाएको छ । त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ६७ हजार ३६७ मत प्राप्त गरेको छ । बाँकी दलले १ लाखभन्दा कम मत पाएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस