मोरङमा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

विराटनगर – मोरङको सुन्दरहरैँचा–१० मा मंगलबार हात्तीको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ । त्रिवेणीचोक उत्तरतर्फको जङ्गलमा घाँस लिन गएको बेला आक्रमण गर्दा सोही ठाउँका ७५ वर्षीय वृद्व जयप्रसाद बाँस्तोलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख खगेन्द्र धमलाले जानकारी दिए ।

बाँस्तोलाकी श्रीमतीले भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । मृतक बाँस्तोलाको शव परीक्षणको लागि उर्लाबारी लगिएको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस