रुपनीमा १५ शैय्याको अस्पताल बन्ने

राजविराज – सप्तरीको रुपनी गाउँपालिका–२ लौवापारमा १५ शैय्या (बेड)को अस्पताल बन्ने भएको छ । गाउँपालिकाले शुक्रवार एक कार्यक्रमको आयोजना गरी अस्पतालको शिलान्यास गरेको हो ।

गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव, उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगी, प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरी र वडाध्यक्षहरुले संयुक्त रुपमा सो अस्पतालको शिलान्यास गरेका हुन् । कुल १६ करोड ७३ लाख १० हजार ३४६ (भ्याटसहित) रुपैयाँको लागतमा निर्माण हुन लागेको सो अस्पतालको ठेक्का एटीसी कन्ट्रक्सन–नायरा जेभी धनगढी–१०, सिरहाले पाएको छ ।

ठेक्काअनुसार चार तल्ले अस्पताल भवन दुई वर्षभित्रमा निर्माण गरिनेछ । शिलान्यास कार्यक्रममा पूर्व गाउँपालिका हरेराम यादव, वडाध्यक्षहरु सरोजकुमार मण्डल, लिला यादव, अमर मुखिया, छेदी रजक, गंगा यादव, बद्रीनारायण सरदार लगायतको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस