महिला हत्या विरोधमा सिरहामा स्थानीयले गरे राजमार्ग अवरुद्ध

जनकपुरधाम । सिरहाको मिर्चैया नगरपालिकामा एक महिलाको हत्या भएको विरोधमा आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध गर्दा अवस्था तनावग्रस्त बनेको छ ।

हत्याको विरोधमा स्थानीयले दिउँसो साढे ४ बजेदेखि पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका हुन् । राजमार्ग खुलाउन खोज्दा प्रहरी र स्थानीयबीच झडप पनि भएको छ ।

मिर्चैया नगरपालिका २ की अन्दाजी ३० वर्षीया लक्ष्मीनियाँ कापर जङ्गल पात टिप्न गएको बेला हत्या भएको बुझिएको छ । हत्यामा संलग्नको पहिचान हुन सकेको छैन । तर स्थानीयले बलात्कारको प्रयास समेत भएको र पछि हत्या गरेको देखिएको बताएका छन् ।

पटक पटक हत्या घटनाका घट्दा पनि प्रहरीले अपराधीलाई पक्राउ गर्न नसकेका कारण बाध्य भएका आन्दोलन गर्नुपरेको एक युवकले बताए । उनले मिर्चैयाका डिएसपीमाथि आक्रोश पोख्दै भने, ‘खाली भ्रष्टाचारमा लागेका छन् । जनताको सुरक्षा कसले गर्ने ?’

उनका अनुसार १३ दिन अगाडि एक युवक आफैँले चलाएको बाइक अनियन्त्रित भएर लडेका थिए । सो क्रममा एक महिलालाई चोट लाग्यो । सोही निहुँमा एक समूहले ती युवकको हत्या गर्‍यो । तर प्रहरीले अपराधी पक्राउ गर्न सकेका छैन।

Author:



क्याटोगरी छान्‍नुहोस