रेशम चौधरीको रिहाइ माग गर्दै नागरिक उन्मुक्ति पार्टीको प्रदर्शन

काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ताले संरक्षक रेशम चौधरीको रिहाइको माग गर्दै काठमाडौंको माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् । सरकारले मुलुकी फौजदारी ऐनमा संशोधन गर्न ल्याएको अध्यादेशको स्वागत गर्दै नागरिक उन्मुक्ति पार्टीले चौधरीलाई शिघ्र रिहाइ गर्न माग गरेको हो ।

पार्टीका महासचिव रतन थापाले सरकारले ल्याएको अध्यादेशको स्वागत गर्दै रेशम चौधरीको रिहाइको लागि प्रदर्शन गरिएको बताए । ‘सरकारले ढिला भए पनि सही निर्णय गरेको छ, यो अध्यादेशले दोषी होइन, निदोष व्यक्तिहरूको रिहाइ होस् भन्ने हामी चाहान्छौँ,’ उनले भने, ‘जसले गल्ती नै गरेको छैन, उसलाई दोषी करार गरेर जेलमा राख्न मिल्दैन ।’

उनले रेशम चौधरीलाई हत्यारा भन्नेहरूले लाल आयोगको प्रतिवेदन पल्टाएर हेर्नुपर्ने बताए । ‘सरकारले लाखौँ खर्चिएर पूर्व न्यायाधीशहरू सम्मिलित आयोग बनायो, आयोगले काम गरेको छ, प्रतिवेदन पनि दिएको छ, तर सरकार त्यो प्रतिवेदन लुकाएर हामीमाथि अन्याय गरिरहेको छ,’ उनले भने, ‘दोषी को हो ? त्यो दोषीमाथि कारवाही होस्, निर्दोष व्यक्तिलाई रिहा गरियोस् भन्ने हाम्रो माग हो । हामीले दोषीलाई बाहिर निकालियोस् भनेको होइन, निदोषलाई भित्र राख्न मिल्दैन भनेको हो ।’

Author:



क्याटोगरी छान्‍नुहोस