जसपाका प्रवक्तासहित सात जना मधेश प्रदेशसभामा समानुपातिकतर्फ सिफारिस

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशसभामा समानुपातिकतर्फ प्रतिनिधित्व हुने सदस्यको टुङ्गो लगाएको छ ।

पार्टीको कार्यकारिणी समितिको बैठकले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात जनाको नाम सिफारिस गरेको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए।

जसअनुसार मनिषकुमार सुमन (मधेसी पुरुष, अल्पसङ्ख्यक), विन्दुकुमारी यादव (मधेसी महिला), शोभादेवी (मधेसी महिला, अल्पसङ्ख्यक), ललिता दास (दलित महिला), शाहिदा खातुन (मुस्लिम महिला), किर साह (मधेसी महिला) र ममता मण्डल (आदिवासी जनजाति महिला) सिफारिसमा परेका छन् ।

सिफारिसमा परेका सुमन पार्टीका प्रवक्ता हुन् । जसपाले मधेस प्रदेशमा प्रत्यक्षतर्फ ९ सिट जितेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780