समानुपातिकतर्फ सांसद निर्वाचित भएको घोषणा गर्दै आयोग

जनकपुरधाम – निर्वाचन आयोगले समानुपातिकतर्फ चयन भएका सांसदहरू निर्वाचित भएको घोषणा गर्ने तयारी गरेको छ।

प्रतिनिधि सभा र प्रदेश सभामा दलहरूले पाएका सिटमा पेश गरेका नामावलीलाई आयोगले आज दिउँसो १ बजेपछि समानुपातिकतर्फ सांसद निर्वाचित भएको घोषणा गर्ने एक आयुक्तले जानकारी दिए।

आयोगले प्रतिनिधि सभाका ११० सिट र प्रदेशका २२० सिटमा सांसदहरू निर्वाचित भएको घोषणा गर्ने र निर्वाचित भएकाहरूलाई प्रमाण पत्र दिने तयारी गरेको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस