ओली सर्वसम्मत एमाले संसदीय दलको नेता चयन

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत संसदीय दलको नेता चयन भएका छन्। कमलादीस्थित प्रज्ञा भवनमा बसेको एमाले संसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो।

ओलीलाई दलको नेता बनाउन उपाध्यक्ष विष्णु पौडेलले प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङले समर्थन गरेका थिए। प्रस्तावलाई सांसदहरूले सर्वसम्मत पारित गर्दै ओलीलाई दलको नेता चयन गरेका हुन्।

दलको बैठकअघि ‘एमाले जनताको रोजाइको पहिलो पार्टी’ शीर्षक दिइएको कार्यक्रममा अध्यक्ष ओलीले प्रतिनिधिसभा र प्रदेश सभामा निर्वाचित सांसदहरूलाई बधाई दिएका थिए।

Author:



क्याटोगरी छान्‍नुहोस