जनमत पार्टीका अध्यक्ष डा.राउतको पुतला जलाइयो

राजविराज – ‘मधेशी भाषा’ भनेर लिएको शपथ प्रति आपत्ति जनाउँदै सप्तरीको राजविराजमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको पुतला जलाइएको छ ।

डा. राउतले प्रतिनिधिसभा सदस्यका रूपमा लिएको शपथ बदर हुनुपर्ने माग गर्दै बिहीबार साँझ मिथिला नाट्य कला प्रतिष्ठान (मिलाफ) र मैथिली साहित्य परिषद्ले संयुक्त रूपमा प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरूले म मधेशी हुँ र मेरो मातृभाषा मैथिली हो, मातृभाषामा भोट माग्ने तर शपथ ग्रहण अर्कैमा गर्नै? सहितका नाराबाजी गर्दै राउतको पुतला दहनसमेत गरेका छन् ।

मैथिली साहित्य प्रतिष्ठान सप्तरीका पूर्वअध्यक्ष देवेन्द्र मिश्रले मधेसी भाषा कतै उल्लेख नरहेको अवस्थामा जनताको सर्वोच्च निकाय संसद् सचिवालयले मधेसी भाषा भनेर राउत र उनका पार्टीका अन्य सांसदलाई शपथ गराउनु संविधानविपरीत भएको बताए।

संसद् सचिवालयले राउतको शपथलाई अवैध ठहर गरी संविधानले तोकेको मातृभाषामा शपथ गराउनुपर्ने उनीहरूको माग छ । मैथिली भाषी क्षेत्रबाट प्रतिनिधिसभामा चुनाव जितेका राउतलाई नेपालको कुनै आधिकारिक दस्तावेजमा उल्लेख नरहेको मधेसी भाषाको नाम दिएर शपथ लिनु असंवैधानिक भएको मिलाफका अध्यक्ष रमिला साहले बताइन्।

कवि गजेन्द्र गजुरले डा. राउत आफ्नै मातृभाषा प्रति इमानदार नरहेको र त्यसको व्यवहारबाट समग्र मैथिली भाषीको भावनामा ठेस पुगेको बताए ।

मिलाफका सचिव विद्यानन्द वेदर्दीले मैथिली भाषी क्षेत्रबाट प्रतिनिधि सभामा चुनाव जितेका राउतलाई नेपालको कुनै आधिकारिक दास्तवेजमा उल्लेख नरहेको मधेशी भाषाको नाम दिएर शपथ लिनु असंवैधानिक भएको दावी गरे ।

संसद् सचिवालयले सप्तरी निर्वाचन क्षेत्र नम्वर २ बाट निर्वाचित सांसद डा. राउतको शपथलाई अवैध ठहर गरी संविधानले तोकेको मातृभाषामा शपथ गराउनुपर्ने उनीहरूको माग छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780