पत्रकार यादवमाथि भएको दुर्व्यहार र आक्रमणको भत्र्सना

राजविराज, ९ पौष । प्रेस चौतारी नेपाल, शाखा सप्तरीले समाचार संकलन गर्ने क्रममा सञ्चारकर्मी नविन यादवमाथि भएको दुर्व्यहार र आक्रमणको भएको घटना प्रति भत्र्सना गरेको छ ।

चौतारीका अध्यक्ष डम्बर राइले शनिवार विज्ञप्ति जारी गर्दै घटनाका दोषीलाई कानुन बमोजिम कारबाही गर्न माग गरेका छन् । गत विहिवार साँझ राजविराजस्थित शहिद दशन चौकमा समाचार संकलनका लागि पुगेका सञ्चारकर्मी यादवमाथि जनमत पार्टीका कार्यकर्ता राजगढ गाउँपालिका–१ झुटकी भइ हाल राजविराज नगरपालिका–२ मा बसोवास गर्दै आएका दिलिप मण्डलले दुर्व्यहार र आक्रमण गरेको विज्ञप्तिमा भनिएको छ ।

मिथिला साहित्य कला प्रतिष्ठान (मिलाफ)ले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतको पुतला जलाइरहदा सोको फोटो र भिडिओ लिने क्रममा जनमत पार्टीका कार्यकर्ता मण्डलले एक्कासी क्यामेरा हुत्याउँदै सञ्चारकर्मी यादवमाथि आक्रमण गरी घाइते बनाएको घटना सिङ्गो प्रेस स्वतन्त्रतामाथि आक्रमण भएको विज्ञप्तिमा ठहर गरिएको छ ।

‘पत्रकारमाथि हुने यस्ता आक्रमणका घटनाले जनताको सु–सूचित हुने अधिकारको हनन भएको छ । प्रेस चौतारी नेपाल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न र दोषिमाथि कानुन बमोजिम कारबाही गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ ।’, विज्ञप्तिमा उल्लेख छ ।

प्रेस चौतारी नेपाल शाखा सप्तरीका कार्य समिति सदस्य समेत यादव पब्लिक प्रेस दैनिकका प्रकाशक, आम नेपाली टेलिभिजनका सम्वाददाता र सि एफ.एमका समाचारवाचक हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस