सभामुख घिमिरेद्वारा पहिलो सर्वदलीय बैठक आह्वान

काठमाडौँ – सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

उनले शनिबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् । नवनिर्वाचित सभामुख घिमिरेले नयाँबानेश्वरस्थित संसद् भवनमा बस्ने गरी बैठक बोलाएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताए।

बैठकमा संसद बैठकमा कसरी प्रस्तुत हुने र समन्वय गरेर जानेबारेमा छलफल गर्ने तयारी छ। घिमिरेले आजैदेखि बैठक सञ्चालन गर्ने सचिवालयले जनाएको छ।

यही माघ ५ गते प्रतिनिधिसभाबाट एक सय ६७ मत प्राप्त गरी घिमिरे सभामुखमा निर्वाचित भएका हुन्।

Author:



क्याटोगरी छान्‍नुहोस