एमालेको ‘खल्ती’बाट राष्ट्रपति छाने संविधान र व्यवस्था दुर्घटनामा जान्छ : गगन थापा

बारा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा (एमाले)को ‘खल्ती’बाट नयाँ राष्ट्रपति चुनिए संविधान र व्यवस्था दुवै दुर्घटनामा जाने बताएका छन् ।

शनिबार बारामा आयोजित एक कार्यक्रममा उनले एमालेबाट बन्ने राष्ट्रपति संविधानको पालक र रक्षकभन्दा अध्यक्ष केपी शर्मा ओलीको आदेशपालक हुने भन्दै त्यसले दुर्घनामा पु¥याउने जिकिर गरे ।

“हिजो एमालेले दिएको राष्ट्रपतिले संविधानले दिएको जिम्मेवारी निर्वाह नगरेको र संविधानले नदिएको काम गरेको हामीले देखेका छौँ,” महामन्त्री थापाले भने, “अब पनि एमालेकै खल्तीबाट बहुमतका नाममा राष्ट्रपति बनाए फेरि पनि ओलीको आदेशपालक बन्दा संविधान र व्यवस्था दुर्घटनामा जान सक्छ ।”

उनले भर्खरै आएको व्यवस्थाविरुद्ध विषवमन गर्ने र प्रश्न उठाएर जनतामा भ्रम फैलाउने काम भइरहेको पनि बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस