सप्तरीमा अटो दुर्घटना हुँदा एकको मृत्यु, एक जना घाइते

राजविराज– सप्तरीको विष्णुपुर गाउँपालिका–१ जमुनीमा अटो अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

हुलाकी राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ३ स ९६३० नम्वरको अटो बुधवार दिउँसो अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा खडक नगरपालिका–८ का विसनपुरकी ४० वर्षीया आमना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी खातुनलाई उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको थियो । अस्पतालमै उनलाई मृत घोषणा गरिएको प्रहरी उपरीक्षक कार्कीले बताए ।

त्यस्तै, विष्णुपुर गाउँपालिका–६ कटिटोलका ५५ वर्षीय लक्ष्मी राम घाइते भएकी छन् । अटो चालक जिल्लाको राजगढ गाउँपालिका–३ नर्घोका ४७ वर्षीय हरेराम मण्डललाई नियन्त्रणमा लिइएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस