उपराष्ट्रपति निर्वाचनबारे छलफल गर्न जसपाले बोलायो बैठक

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको छ । बिहिवार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक बोलाइएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार बैठकमा उपराष्ट्रपति पदको उमेदवारसहित समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । आउँदो चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुने तय भएको छ । उपराष्ट्रपति निर्वाचनका लागि यही फागुन २७ गते उमेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ ।

जसपाका संघीय १४ र प्रदेशका २२ गरी कुल ३६ सांसद छन् । प्रतिनिधिसभा समानुपातिकतर्फको एक स्थान रिक्त छ । जसपाबाट ती ३६ सांसद उपराष्ट्रपति निर्वाचनका मतदाता हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस