विष्णुपुर गाउँपालिकाले मनायो ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस

राजविराज । विष्णुपुर गाउँपालिकाले ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ मनाएको छ।लैङ्गिक समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने मुल नाराको साथ बुधबार आयोजित एक समारोहका बिच अन्तर्राष्ट्रिय नारी दिवस मनाएको हो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले राज्यको विभिदकारी नितिका कारण महिला पछाडि परेको बताए । उनले अधिकार प्राप्तिका लागि महिलाहरु एकजुट हुनुपर्नेमा जोड दिए । गाउँपालिका उपाध्यक्ष रेणु कुमारी यादवको अध्यक्षतामा भएको कार्यक्रममा रमिता चौधरीले शुभकामना मन्तव्य व्यक्त गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780