राष्ट्रपति निर्वाचन : पौडेलले खसाले पहिलो मत

काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरू भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान सुरु भएको हो ।

सङ्घीय सांसदतर्फ राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले तथा प्रदेशसभातर्फ बागमती प्रदेशसभा सदस्य प्रकाश श्रेष्ठले पहिलो मतदान गरेका छन् । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस