रामचन्द्र पौडेल बने तेस्रो राष्ट्रपति

काठमाडौं – तेस्रो राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका सुवासचन्द्र नेम्वाङलाई हराउँदै पौडेल राष्ट्रपतिमा विजयी भएका हुन् ।

नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र लगायत आठ दलीय गठबन्धनबाट उम्मेदवार बन्नु भएका पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् । राष्ट्रपतिमा पौडेल र बिपक्षी दल नेकपा एमालेका तर्फबाट एमाले उपाध्यक्ष समेत रहेका भएका सुवास चन्द्र नेम्वाङ उम्मेदवार थिए ।

बिहिबार नयाँ राष्ट्रपति चयनका लागि भएको मतदानमा पौडेल ३३ हजार ८०२ मत भार ल्याएर विजयी भएका हुन् भने नेम्वाङको पक्षमा १५ हजार ५१८ मत परेको थियो । निर्वाचन आयोगले मतदानका लागि बिहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरेको थियो । ४ बजेबाट मतगणना गरिएको थियो ।

राष्ट्रपति निर्वाचनका लागि संघीय संसद (राष्ट्रिय र प्रतिनिधि) र प्रदेश सभाका सांसदहरु मतदाता रहने व्यवस्था छ । संघीय संसद्का एकजना सांसदको मत बराबर ७९ मतभार गणना हुन्छ भने प्रदेश सांसदको एकजना बराबर ४८ मतभार गणना गरिन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०ले निर्वाचनमा भाग लिएनन् । प्रतिनिधि सभामा राप्रपाका १४ सांसद रहेका छन् भने सातै प्रदेशमा गरेर २८ जना प्रदेश सभाका सांसद रहेका छन् ।

त्यसैगरी नेमकिपाका प्रतिनिधि सभामा १ जना र प्रदेश सभामा ३ जना सांसद रहेका छन् । संघीय संसदका दुबै सदन गरेर ३ सय ३४ र सातै प्रदेशका गरी ५ सय ५० जना सांसद रहेका छन् । त्यसमध्ये संघीय संसदका सांसदको ३ सय १३ मत र प्रदेश सभा सांसदको ५ सय १८ मत खसेको थियो ।

मतदानका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा संघीय संसदका सांसद र प्रदेश सांसदका लागि छुट्टाछुट्टै मतदान स्थल निर्धारण गरिएको थियो । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो पटकको कार्यकाल यही फागुन २८ गते सकिदैंछ । त्यस अघि नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन भएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस