रामसहायलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जसपाको निर्णय

राजविराज – जनता समाजवादी पार्टी (जसपा) नेपालले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

बिहिवार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भएको पार्टीका प्रवक्ता मनिषकुमार सुमनले जानकारी दिए । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य समेत रहेका यादव बारा जिल्लाको निर्वाचन क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

यादव हाल जसपा प्रतिनिधिसभा संसदीय दलका नेता समेत हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस