बारा–२ मा उपेन्द्र यादवको उम्मेदवारी दर्ता

बारा – उपनिर्वाचन अन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि बारा–२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

यादव पार्टी नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । यादवको प्रस्तावकमा नवलकिशोर यादव र समर्थकमा नारायण यादव रहेका छन् ।

समर्थकहरूको दलबलसहित निर्वाचन कार्यालय पुगेका यादवलाई कांग्रेस, नेकपा समाजवादी, नेकपा माओवादी र लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन छ।

बारा–२ बाट निर्वाचित जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि यहाँ पुनः निर्वाचन हुन लागेको हो।

Author:



क्याटोगरी छान्‍नुहोस