‘भर्चुअल सेक्स’ प्रकरण : सांसद खानलाई पदबाट हटाउन माग

राजविराज – जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलाई सांसद पदबाट हटाउन माग गर्दै सभामुखलाई ज्ञापन पत्र बुझाइएको छ ।

खानको अश्लील भिडिओसहितको समाचार बाहिरिएपछि सांसद पदबाट हटाउन माग गर्दै राष्ट्रिय एकता अभियानले सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाएको हो । समानुपातिक सांसद एवम् निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री समेत रहेका नेता खानको सो हर्कतले नेपालको संसदीय व्यवस्था, सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवम् समग्र राजनीतिक प्रणालीको शिर निहुरिएको ज्ञापन पत्रमा उल्लेख छ ।

सार्वजनिक जीवन धारण गरेका व्यक्तिहरूका यस्ता अनैतिक हर्कतले समाजलाई विकृत र विसंगत बनाउन अझ बढी मलजल गर्छ भन्दै अभियानले नेता खानलाई तत्काल सांसद पदबाट निलम्बन गरी कानुनी दायरामा ल्याउन माग गरेको छ ।

 

यो पनिः

जनमत पार्टीका उपाध्यक्ष एवम् पूर्वमन्त्री खानको ‘भर्चुअल सेक्स’ काण्ड

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780