मन्त्री कुशवाहाको मलखाद किन्ने झूठा स्टन्टबाजी !

जनकपुरधाम, ३० चैत्र । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट ५० करोड़ रुपैयाँको अनुदानले मलखाद किन्ने प्रस्ताव स्टन्टबाजी मात्र रहेको खुलासा भएको छ ।

मन्त्री बसन्त कुशवाहाले विहीबार आफ्नो फेसबुक पेजमा मन्त्रालयबाट ५० करोड़ रुपैयाँको अनुदानले मलखाद किन्ने प्रस्ताव मन्त्री परिषदमा राखेको भनी लेखेका हुन् । आर्थिक बर्षमा यस मन्त्रालय मातहतमा गर्न नसकिने÷नमिल्ने कार्यक्रम कट्टा गरी आउँदो कृषि बालीका लागि मलखादमा अनुदान उपलब्ध गराई किसानको समस्या समाधान गर्न खोजिएको भनी उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

बारा २ मा भईरहेको उपनिर्वाचनलाई लक्षित गर्ने गरी मन्त्री कुशवाहाले स्टन्टबाजी गरेको कुरा मन्त्रालयको श्रोतले जनाएको छ ।

वार्षिक कार्यक्रम समेतलाई प्रभावित पार्ने गरी नियमले नमिल्ने अवस्था रहे पनि विभिन्न बहानाबाजी गरी मन्त्रालय र मातहतका कार्यालयको कामकाज समेत प्रभावित पार्ने गरेको जनाईएको छ । जसका कारण मन्त्रालयका गतिविधिहरु प्रायः जस्तै छन् । बारा २ मा प्रतिनिधिसभा सदस्यका लागि जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा उम्मेवार बनेका छन् ।

मन्त्री परिषदमा मन्त्री कुशवाहाले मलखाद किन्ने प्रस्तावबारेको जिज्ञासामा मुख्यमन्त्री सरोजकुमार यादवले मलखाद सम्बन्धी कुनै प्रस्ताव मन्त्री परिषद्मा नआएको प्रतिक्रिया दिएका छन् । यसरी सामाजिक सञ्जालमा मन्त्री कुशवाहाको अभिव्यक्ति आउनु अपरिपक्व र झुठा प्रचारबाजी मात्र रहेको उनले जानकारी दिएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस