सबल र समुन्नत नेपाल निर्माण गर्न राष्ट्रपति पौडेलको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सबल र समुन्नत नेपाल निर्माणका लागि प्रतिवद्ध हुन सबै नेपालीलाई आग्रह गरेका छन् । शुक्रबार नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश दिंदै उनले यस्तो बताएका हुन् ।

उनले सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गरे । व्याप्त निराशालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने पनि उनको जोड छ ।

चरम दलगत-गुटगत राजनीति भन्दा माथि रहेर विधिको ख्याल राखेर यसको सीमाभित्रैबाट प्रकट हुने क्रियाशीलता, विचार, अभिव्यक्तिको स्वतन्त्रताको अभ्यासले मात्र मुलुकमा अमनचैन राख्न राष्ट्रिय अखण्डता, सामाजिक सद्भाव तथा नेपाली–नेपालीबीच अपनत्व र भातृत्व बढाउन तथा मुलुकको सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्न थप मद्दत पुर्याउन सक्ने शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780