न्याय चुस्त र दुरुस्त बनाउने मेरो पहिलो प्राथमिकता : कानूनमन्त्री गुरुङ

काठमाडौं – नवनियुक्त कानून, न्याया तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएका छन् । बिहीबार मन्त्रालयको जिम्मेवारी सम्हालीसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

उनले कुनै पनि योजना अघि बढाउँदा त्यसको लागत किस्ताबन्दीमा के, कति भन्नेकुरा निकालेर मात्रै अघि बढ्ने बताए । ‘आफ्नो पहिलो प्राथमिकता न्याय ढिलो हुन नदिने हो’ उनले भने, ‘न्याय चुस्त र दुरुस्त बनाएर अघि बढ्ने कुरा पहिलो प्राथमिकतामा हो ।’ उनले कुनैपनि क्षेत्रमा भएको भ्रष्टाचारमा कसैलाई पनि छुट नहुने स्पष्ट पारे ।

कानूनमन्त्री गुरुङले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपपनयताको शपथग्रहण लिएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस