नवनियुक्त मन्त्रीहरू आज शपथ लिँदै

जनकपुरधाम – नवनियुक्त तीन मन्त्रीहरुले आज पद तथा गोपनियताको शपथ लिने भएका छन् । नवनियुक्त मन्त्रीहरुले आज दिउँसो ३ बजे पद तथा गोपनियताको शपथ लिने भएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठौँ पटकको मन्त्रिमण्डल विस्तारका क्रममा बुधबार तीन मन्त्रीहरु थप गरेका थिए । जसमा काँग्रेसका धनराज गुरूङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बुले मन्त्री बनेका छन् ।

उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउने छन् । गुरूङ कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, बस्नेत स्वास्थ्य तथा जनसंख्या र लिम्बु युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस