सप्तरीमा सडक दुर्घटना हुँदा चार जना घाइते

राजविराज – सप्तरीमा बिहिवार छुट्टाछुट्टै दुई स्थानमा सडक दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जिल्लाको कञ्चनरुप र सप्तकोशी नगरपालिकामा दुर्घटना भएको हो ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत कंचनरुप–१० बदगामास्थित पुर्वतर्फ जादै गरेको को प्र.१–०२–०५० प ६३६३ नम्वरको मोटरसाइकलले सोही दिशातर्फ जादै गरेको को ८ प ९६३९ नम्वरको मोटरसाइकललाई ओभर टेक गर्ने क्रममा ठक्कर दिएपछि दुर्घटना भएको हो ।

दुर्घटनामा ६३६३ नम्वरको मोटरसाइकल चालक सोही नगरपालिका–६ का २५ वर्षीय एगेशराज शर्मा र ९६३९ नम्वरको मोटरसाइकल वडा नम्वर १० का ३५ वर्षीय भरतप्रसाद गुप्ता घाईते भएका छन् ।

त्यस्तै, सप्तकोशी–२ परसा चोकस्थित कंचनपुरबाट फतेपुरतर्फ जाँदै गरेको बा ४ ख ६५७५ नम्वरको हायसले सोही दिशातर्फ जादै गरेको बा ४९ प ३१९१ नम्वरको मोटरसाइकल ठक्कर दिँदा कंचनरुप–७ का ४२ को पशुराम बस्नेत घाइते भएका छन् ।

मोटरसाइकलमा पछाडि सवार पशुरामकी पत्नी ४० वर्षीया रेखा बस्नेत घाइते भई दुवै जनालाई उपचारको लागि विराटनगर तर्फ पठाईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस