वीरगंजबाट ४ लाखभन्दा बढी जाली नोटसहित दुई जना पक्राउ

जनकपुरधाम – वीरगंज महानगरपालिकाबाट चार लाखभन्दा बढी जाली नोटसहित बुधवार दुई जनालाई नियन्त्रणमा लिइएको छ ।

वडा नम्वर १६ चालिसफिटे रोडमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र पर्सा प्रहरीले चेकजाँच गर्ने क्रममा बीआरओ १ पीजी ६५७७ नम्वरको स्कार्पिओबाट ४ लाख ८६ हजार रुपैयाँ जाली नोट बरामद भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

सो गाडीको चालक सर्लाहीको गोडैता नगरपालिका–१२ मधुवनीका ३४ आनन्द बर्दन सिंह र गाडीमा सवार बाराको परवानीपुर गाउँपालिका–३ का ३६ को ओम प्रकाश साहलाई नियन्त्रणमा लिइएको छ ।

दुवै जनालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस